नियम ६
घर जग्गाको मूल्याङ्कन र कर निर्धारण
(१) नियम ३ बमोजिम कुनै करदाताको घर जग्गाको विवरण प्राप्त भएपछि कर अधिकृतले नियम ५ को उपनियम (३) बमोजिम प्रकाशित मूल्याङ्कन तालिका बमोजिम त्यस्तो घर जग्गाको मूल्याङ्कन अनुसूची ६ बमोजिम गर्नेछ ।
(२) रजिष्ट्रेशन पास भई खरीद बिक्री भएको कुनै घर जग्गाको मूल्याङ्कन गर्दा रजिष्ट्रेशन पास भएको मोलको अङ्क उपनियम (१) बमोजिमको मूल्याङ्कन अंक भन्दा बढी भएमा उपनियम (१) बमोजिमको हुन आएको मोलमा कर निर्धारण नगरी रजिष्ट्रेशन पास भएको मोलको अङ्क नै कायम राख्नु पर्छ ।
(३) कर अधिकृतले उपनियम (१) बमोजिम मूल्याङ्कन गरिसकेपछि सो मूल्याङ्कन बमोजिम करको अंक निर्धारण गरी कर निर्धारण आदेशमा घर जग्गा कर कसरी निर्धारण भएको छ ? सो को स्पष्ट विवरण छोटकरीमा दिनु पर्छ ।